रामबहादुर बमजनविरूद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

तपश्वी दाबी गर्दै बाल यौन दुरूपयोग गरेका रामबहादुर बमजनविरूद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ। सर्लाही जिल्ला अदालतमा बमजनविरूद्ध सोमबार मुद्दा दायर भएको जिल्ला न्यायाधिवक्ता नारायणप्रसाद घिमिरेले जानकारी दिए। सरकारी वकिलले ८ करोड ५९ लाख रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेका हुन्। चितवनमा रहेको बमजनको ६४ लाख बराबरको जग्गा र बरामद भएको रकम समेतलाई कायम गरी…