काठमाडौँ । विपक्षी चार दलीय समाजवादी मोर्चाले चैत १५ गते काठमाडौँमा गर्न लागेको विरोध सभामा बागमती प्रदेशका १३ जिल्लाबाट मानिस उतार्ने भएका छन् । फागुन २७ गते बसेको मोर्चाको बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिगामीहरू सलबलाउन थालेको निष्कर्ष निकालेको थियो । केपी ओली नेतृत्वको गठबन्धन सरकारको नालायकी, देशी–विदेशी हिन्दु कट्टरपन्थी तथा प्रतिक्रियावादी शक्तिको उक्साहटमा राजावादीहरूले व्यवस्थाविरुद्ध…