धनुषामा दुईपक्षीय झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

धनुषा, जनकपुर – धनुषा जिल्लाको सबैला नगरपालिकामा "चोक" नामकरणलाई लिएर दुई पक्ष बीच विवाद उत्पन्न भएको छ। भठिहनमा एक पक्षले ‘यादव चोक’ नाम राख्न चाहेका थिए भने अर्कोतर्फका स्थानीयहरूले यसलाई अस्वीकार गरेका थिए, जसका कारण झडप भएको धनुषा प्रहरीले जानकारी दिएको छ। दुवै पक्षबीचको भिडन्त नियन्त्रणमा लिने क्रममा प्रहरीद्वारा दुई राउन्ड अश्रुग्यास प्रहार गरिएको थियो।…