नेपाली विधार्थीलाई होस्टेल फर्काउन दिल्लीस्थित नेपाली दुतावासको प्रयास जारी 

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युड अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) ले नेपाली विद्यार्थीहरूलाई क्याम्पस फर्केर पढाइ सुरू गर्न र छात्रावासमै बस्न अपिल गरे पनि विद्यार्थीहरू फर्किन सकेका छैनन्। विद्यार्थीहरूले आफूहरू सुरक्षित नभएको भन्दै कलेज फर्किन नसक्ने बताएपछि समन्वय गर्न र विद्यार्थीहरूलाई कलेजको होस्टेलमा फर्काउन दूतावासका अधिकारीहरू ओडिसा गएका छन्। उनीहरू मंगलबार मध्याह्न १२ बजेसम्म ओडिसा पुग्ने र विद्यार्थीहरूसँग छलफल गर्ने भारतका लागि…