पोखरा भ्रमण वर्ष( २०२५ उद्घाटनका क्रममा बेलुन पड्किंदा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते हुनुभयो । उडाउन लागिएको बेलुन अचानक विस्फोट हुँदा उहाँहरु दुवैलाई आगोको लप्काले भेटेको थियो। घाइते दुवै जनालाई अस्पताल भर्ना गरिएको छ।
हिजो मात्र भएको यस घटनाले रासायनिक वस्तुहरुसँग काम गर्ने सबैसामु थुप्रै प्रश्न उब्जाएको छ। सामान्य मानवीय अज्ञानता र असावधानीका कारण भएको यस घटनाको पृष्ठभूमिमा देशैभरिका औद्योगिक तथा स्वास्थ्य प्रतिष्ठान एवं विश्वविद्यालय रसायनशास्त्रका प्रयोगाशालामा दशकौं काम गरेका व्यक्तिलाई एकपटक ठण्डा दिमागले सोच्न बाध्य बनाएको छ।
हाइड्रोजन ग्यास अत्यन्त ज्वलनशील पदार्थ हो, जसलाई आगोको एउटा सानो झिल्कोले टिपिहाल्छ । हाइड्रोजनले वायुमण्डलमा भएको अक्सिजनसँग प्रतिक्रिया गरी पानीको वाफ बनाउँछ र ठूलो आवाजसँगै निस्किएको ज्वालाले अन्यत्र आगलागी हुनसक्छ। पोखरामा हिजो भएको त्यही हो।
नेपालको सन्दर्भमा, विशेषगरी त्रिभुवन विश्वविद्यालयमा बीएस्सी, एमएस्सी र पीएचडी तहमा भएका प्रयोगशालाहरुको अवस्था, रसायनहरुको भण्डारण, प्रयोग, निष्कासन र व्यवस्थापनको हालत अत्यन्त नाजुक छ। संसारको कुनै पनि स्तरीकृत प्रयोगशालामा हुनुपर्ने सुरक्षित दराज, एसिड, क्षार तथा अति सक्रिय र विषालुजन्य पदार्थहरुको व्यवस्थापन नेपालमा छैन।
प्रयोगशालाको वनावट, फर्निचर, प्रकाश र हावा, बिजुली, पानी, उपकरण राख्ने स्थान, रासायनिक फोहोरको भण्डारण र बिसर्जन जस्ता कुराको सुनिश्चितता हुनुपर्छ
अत्यन्त प्रज्वलनशील र हानिकारक अर्गानिक यौगिकहरु जस्तैस् क्लोरोफर्म, इथर, एसिडक्लोराइड जस्ता पदार्थहरूको समुचित भण्डारण तथा प्रयोग गरिएको छैन। प्रयोगशालाहरुमा विषयविज्ञ मानव संसाधन, पानी, ग्यास, जोखिम व्यवस्थापनका उपकरण र दुर्घटनामा गर्नुपर्ने कुनै प्रबन्ध गरेको पाइँदैन। सुरक्षित प्रयोगशालाहरूमा अत्यावश्यक पर्ने सुरक्षा, जोखिम र दुर्घटना न्यूनीकरणका लागि निम्नलिखित कुराको व्यवस्थापन आवश्यक हुन्छ ।
प्रयोगशाला भवनको डिजाइन स् प्रयोगशालाको वनावट, फर्निचर, प्रकाश र हावा, बिजुली, पानी, उपकरणहरुको स्थान, रासायनिक फोहोरको भण्डारण र विसर्जन जस्ता कुराको सुनिश्चितता हुनुपर्छ।
व्यक्तिगत सुरक्षा उपकरण ९पीपीई ० स् रासायनिक पदार्थहरु प्रयोग गरिने कुनै पनि कार्यहरुमा आवश्यकता अनुसार पन्जा, चस्मा, जुत्ता, अप्रोन आदिको उपलब्धता हुनुपर्छ।
रासायनिक पदार्थको भण्डारण स् सबै रसायनहरुलाई उत्पादक कम्पनीको मापदण्ड अनुसारको पदार्थ सेफ्टी डाटा सिट ९एमएकडीएस० सहित देखिने गरी भण्डारण र प्रयोग गरिनुपर्छ। प्रत्येक रसायन नामांकन गरिएको हुनुपर्छ। विशेष खालका रसायनहरुको प्रयोग विधि र हानिकारक असरहरुको देखिने गरी उचित स्थानमा राख्नुपर्ने तथा प्रयोगको प्रबन्ध हुनुपर्छ।
जोखिम मूल्याङ्कन तथा तालिम स् प्रयोगशालाका कर्मचारीहरुका लागि आवश्यक सीप, सुरक्षा, रसायनहरुका जोखिम र व्यवस्थापन सम्बन्धित सेवाकालीन तालिमहरु दिइनुपर्छ ।
आपतकालीन तयारी स् अकस्मात हुनसक्ने दुर्घटना, चुहावट, फैलावट आदि रोक्न र सुरक्षाका लागि सहज रुपमा पहुँचमा हुने गरी पानी, औषधि, अग्निनियन्त्रक व्यवस्थापन हुनुपर्छ ।
सुरक्षित कार्य अबलम्बन स् प्रयोगशालामा अत्यन्त संयमित र सजग भई काम गर्ने बानी हुनुपर्छ। अनावश्यकक गफगाफ, खानु, पिउनु जस्ता कुरा पूरै नियन्त्रण गरी जिम्मेवार भइ काम गर्नुपर्छ। सानोभन्दा सानो त्रुटिले पनि ठूलो दुर्घटना निम्त्याउँछ भन्ने हेक्का हुनुपर्छ ।
अनुगमन र मर्मत सम्भार स् प्रयोगशालामा रहेका हरेक उपकरण, पानी, बिजुली, प्रकाश र हावाको अवस्था, रसायनहरुको भण्डारण आदिको नियमित अनुगमन गर्ने, रेकर्ड राख्ने तथा मर्मत र खरिद एवं अन्त्य गर्ने कार्य चुस्त र दुरुस्त हुनुपर्छ।
नियमित स्वास्थ्य चेकजाँच र क्षतिपूर्ति स् व्यावसायिक सुरक्षा र स्वास्थ्य प्रशासन ९ओएसएचए० को दिशानिर्देश अनुसार कार्यरत शिक्षक कर्मचारीहरुको स्वास्थ्य चेकजाँच र औषधि उपचारको विशेष व्यवस्था हुनुपर्छ भने स्वास्थ्य जोखिम सहुलियत प्रदान गरिनुपर्छ। यी काम आवश्यक नियम र आचारसंहिता बनाई लागू गरिनुपर्छ ।
यी अभ्यास लागू गर्ने हो भने रसायन विज्ञान प्रयोगशालाहरूले दुर्घटनाको जोखिमलाई उल्लेखनीय रूपमा कम गर्न र सबै कर्मचारीको लागि सुरक्षित रुपमा काम गर्ने वातावरण सुनिश्चित हुनसक्छ ।