काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशीला र मौलिक अधिकारहरू यसको जीवनरेखा भएको बताएका छन् । पाँचौं ल एशिया तथा अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलनलाई सम्बोधन गर्दै आइतबार उनले यी अधिकारहरूले प्रत्येक व्यक्तिलाई मर्यादा, स्वतन्त्रता र समानताका साथ बाँच्न सक्ने कुरा सुनिश्चित गर्ने बताए ।
नेपालमा, लोकतन्त्रप्रतिको जनताको लामो समयदेखिको समर्पण र उत्सर्गले हामीलाई त्यसतो समाज निर्माणको लागि हरेक दृष्टिबाट प्रेरित गरेको राष्ट्रपति पौडेलको भनाइ थियो ।
उनले नेपालले लोकतन्त्रको लागि लामो र कठिन यात्रा तय गरेका उल्लेख गर्दै विगत लोकतन्त्रको लागि अथक संघर्षले भरिएको बताए । राष्ट्रपति पौडेलले लोकतन्त्रको सर्घषमा धेरै साहसी व्यक्तिहरूले अथक संघर्ष गरेका बताउदैँ यो संघर्ष नेपालमा लोकतन्त्रको स्थापना पुनस्थापना हुदैँ संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्न महत्वपूर्ण रहेको स्पष्ट पारे ।
