काठमाडौं । सामूदायिक वनमा डडेलो लगाउँदै हिँड्ने दुई जना पक्राउ परेका छन् ।
पर्वतको कुश्मा नगरपालिका वडा नं १४ बगाल थोक स्थित ठूलढुङ्गा सामुदायिक वनमा आगलागी गरेको आरोपमा २६ वर्षका सुवास पौडेल र ३१ वर्षका रमेश पौडेल पक्राउ परेका हुन् ।
पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीको लागी डिभिजन वन कार्यालय पर्वत पठाईएको प्रहरीले जनाएको छ । कसैले वन जंगलमा आगोलागी गराएको थाहा पाएमा तुरुन्त नजिकको प्रहरी कार्यालयमा वा १०० मा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।