नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन

नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन



काठमाडौं ।

नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ ।

सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार श्रेष्ठको उपचारका क्रममा आज शुक्रबार बिहान ५ बजे मृत्यु भएको हो। 

महराजगन्जस्थित प्रहरी अस्पतालमा उनको निधन भएको सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए। उनी ८४ वर्षकी थिइन्। 

बिरामी भएकी उनी केही दिनदेखि प्रहरी अस्पतालमा उपचाररत थिइन् । सघन उपचारकक्ष आईसीयुमा उपचार गराई स्वास्थ्यमा सुधार भएपछि उनलाई वार्डमा सारिएको थियो । वार्डमै उपचाररत रहँदा निधनको खबर आएको सूचना अधिकारी पाण्डेले बताए ।

श्रेष्ठको आजै साँझ ४ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ।