सुनको भाउ घट्दा चाँदीमा सामान्य वृद्धि

सुनको भाउ घट्दा चाँदीमा सामान्य वृद्धि


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मुल्यमा सामान्य वृद्धि भएको छ ।

आज सुनको मूल्य तोलामा २ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा एक लाख ७० हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन प्रतितोला १ लाख ७० हजार ५ सयमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य भने सामान्य बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर तोलाको १९४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।