‘सीइआडी’को दोस्रो सिजनको स्ट्रिमिङ सुरु

‘सीइआडी’को दोस्रो सिजनको स्ट्रिमिङ सुरु


काठमाडौँ, १२ फागुन:नेटफ्ल्क्सिले भारतको चर्चित क्राइम थ्रीलर टिभी शो ‘सीइआडी’को दोस्रो सिजनको स्ट्रिमिङ सुरु गरेको छ । सोनी टिभीको यो चर्चित शृङ्खला विश्वभर लोकप्रिय छ ।

फेब्रुअरी २१ देखि नेटफ्ल्क्सिले यसको रिलिज सुरु गरेको हो । सुरुमा १८ एपिसोड रिलिज गरिएको छ। फेब्रुअरी २२ देखि नेटफ्ल्क्सिले प्रत्येक शनिवार र आइतबार राती १० बजे नयाँ एपिसोड समेत ल्याउने भएको छ । दर्शकलाई नियमित ताजा कथावस्तु दिने उद्देश्यसहित यस्तो तरिका अपनाइएको जनाइएको छ ।

नेटफ्ल्क्सिमा आउने भए पनि सीआइडी सोनी टिभी र सोनी लाइभजस्ता प्लेटफर्म भने छाड्ने छैन । सन् १९९८ देखि सीइआडीले प्रसारण थालेको थियो । अपराध अनुसन्धानको कथावस्तु रुचाउने दर्शकमाझ यो शो प्रिय छ।