चिनियाँ मन्त्री काठमाडौंमा

चिनियाँ मन्त्री काठमाडौंमा


काठमाडौं : चीनको जातीय मामिला मन्त्री पान यूए नेपाल आइपुगेका छन्। उनी श्रीलंकाको कोलम्बोहुँदै केहीबेरअघि नेपाल आइपुगेका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोगका उच्च अधिकारीहरूले स्वागत गरेका छन्। 

आदिवासी जनजाती आयोगको निमन्त्रणमा उनी नेपाल आएका हुन्। मन्त्री पान चिनियाँ राष्ट्रपति सिजिङ पिङ नेतृत्वको मन्त्रिमण्डलका एक सदस्य हुन्। उनी चार दिनसम्म नेपाल रहनेछन्। 

उनले चीनका अल्पसंख्यक समुदाय मामिला सम्हाल्दै आएका छन्। उनी फागुन ७ गते कोलम्बो पुगेका थिए। त्यहाँ रहँदा उनले उच्च सरकारी अधिकारीसँग भेटवार्ता गरेका थिए।