भारतको ओडिसास्थित भुवनेश्वरको कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) ले माफी मागेको छ।
मंगलबार एक सूचना जारी गर्दै किटमा भएको घटनाबारे क्षमा मागेको हो।
‘हाम्रा कर्मचारीको व्यवहारबारे, हामी मान्छौं कि आवेगमा आएर केही टिप्पणीहरू भए र त्यसबाट पुग्न गएको समस्याका लागि क्षमा चाहान्छौं। हामी सबै भन्दा माथि विद्यार्थीहरूको सुरक्षा र कल्याणलाई प्राथमिकता दिन्छौं,’ सूचनामा भनिएको छ।
त्यस्तै किटले दुई जना सुरक्षागार्डलाई हटाएको, दुई जना होस्टलका वरिष्ठ अधिकारी र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आइआरओ) का वरिष्ठ प्रशासन अधिकारीलाई निलम्बन गरेको जनाएको छ।
शैक्षिक संस्थाका कर्मचारीहरूले विद्यार्थीहरूलाई छिटो फिर्ता ल्याउन प्रयत्न गरिरहेको पनि उक्त सूचनामा उल्लेख गरेको छ।
किट क्याम्पसले हटलाइन सेवा सुरू गरेको पनि जनाएको छ।