साम्बा स्वदेश आइपुगिन्

साम्बा स्वदेश आइपुगिन्


काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) फ्रान्सबाट आज स्वदेश आइपुगेकी छिन्।

उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेेश शाह र टोली व्यावस्थापक विन्द्रा देवानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।

साम्बा आज सुरु हुने फोर नेसन्सको इन्टरनेसनल उमन्स फुटबल च्याम्पियनसिपको लागि आएकी हुन्।

साम्बा फ्रान्सको शीर्ष डिभिजन लिग एन अभान्ट ग्वेंगाम्पबाट खेलिरहरकी छिन्। उनले दर्शकको साथ धेरै रहेको र टिमले यो पटक राम्रो गर्ने बताइन्। आज उनले कीर्गिस्तानससँगको खेल भने नखेल्ने प्रशिक्षक राजेन्द्र तामाङले बताइसकेका छन्।

यसअघि विदेशी लिग खेलिरहेका कप्तान अञ्जिला तुम्बाप्पो सुब्बा र स्ट्राइकर रेखा पौडेल भने नेपाल आइसकेका थिए‌।

च्याम्पियनसिपमा जहाँ घरेलु टोली नेपाल सहित लेबनान, किर्गिस्तान र म्यानमरले उपाधिका लागि खेल्दैछन्। राउन्ड रोबिन लिग पछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।