सिनेट नराखे त्रिवि पदाधिकारीलाई प्रवेश निषेध गर्ने चेतावनी

सिनेट नराखे त्रिवि पदाधिकारीलाई प्रवेश निषेध गर्ने चेतावनी


काठमाडौँ । तिन वटा क्याम्पसका स्ववियु सभापतिहरूले त्रिभुवन विश्वविद्यालयकाे सभा (सिनेट) नराखे पदाधिकारीहरूलाई प्रवेशमा निषेध गर्ने चेतावनी दिएका छन् । 

त्रिवि स्ववियु सभापति श्यामराज ओझा, पुल्चाेक ईन्जिनियरिङ क्याम्पस स्ववियु सभापति विराज अर्याल र नेपाल ल क्याम्पस स्ववियु सभापति विष्णु ढुंगेलले विज्ञप्ति जारी गर्दै तत्काल त्रिवि सभा राख्न माग गरेका हुन् । आफ्नो कार्यकाल सकिने अन्तिम समय आइसकेको बेला विद्यार्थी हक हितका मुद्दामा विश्वविद्यालय गम्भीर नदेखिएको उनीहरूको भनाइ छ । 

त्रिवि सभा बैठक तत्काल नराखे त्रिवि पदाधिकारीलाई विश्वविद्यालय प्रवेश निषेध गरिने समेत चेतावनी दिएका हुन। 

तत्काल सिनेट राख्न माग गरिरहेका बेला माघ २८ गते त्रिवि कार्यकारी परिषद्को बैठकले स्ववियु निर्वाचन सम्बन्धी निर्देशिका २०८१ जारी गरेको थियो । निर्देशिकाको बुँदा १३(४) मा ‘स्ववियु सम्पन्न भएको या नभएको दुवै अवस्थामा २०७९ मा निर्वाचित स्ववियु कार्यसमितिको कार्यकाल २०८१ चैत ४ गतेदेखि स्वतः समाप्त भएको मानिनेछ’ भन्ने व्यवस्था राखिएको छु । जुन त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को नियम ३४८(घ) को विपरीत रहेको उनीहरूको भनाइ छ।