प्रधानमन्त्री र राष्ट्रपति जनताले चयन गरेका होईनन् : सांसद शाही

प्रधानमन्त्री र राष्ट्रपति जनताले चयन गरेका होईनन् : सांसद शाही


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेललाई जनताले अस्वीकार गरेको बताएका छन् । प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद शाहीले यस्तो विचार व्यक्त गरेका हुन् ।

राजतन्त्रको पुनरुत्थानको पक्षमा रहेका सांसद शाहीले भनेका छन् कि, वर्तमान व्यवस्था जनताको चाहनासँग मेल खाँदैन, बरु यसले मात्र ठूला र बडालाई फाइदा पुर्याउने काम गरिरहेको छ । उनका अनुसार, यो व्यवस्था गरिब जनताको लागि उपयुक्त छैन।

जुम्लाबाट निर्वाचित सांसद शाहीले भने, “हामी राजासहितको लोकतान्त्रिक प्रजातन्त्रका लागि संघर्ष गरिरहेका छौँ।” उनले प्रजातन्त्र र लोकतन्त्रको सुरक्षा गर्दै राष्ट्रपतिका स्थानमा राजा राख्ने पक्षमा छन् र त्यसको लागि खुला बहसको लागि तयार रहेको स्पष्ट पारेका छन्।