आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?


काठमाडौं । नेपाली बजारमा आज (आइतबार) फेरि सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ७० हजार ३०० रुपैयाँ कायम छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ७० हजार रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घढेको छ । चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।