फुटबल प्रशिक्षक तथा पूर्व अन्तर्राष्ट्रिय खेलाडी हरिओम श्रेष्ठको निधन

फुटबल प्रशिक्षक तथा पूर्व अन्तर्राष्ट्रिय खेलाडी हरिओम श्रेष्ठको निधन


फुटबल प्रशिक्षक तथा नेपालका पूर्व खेलाडी हरिओम श्रेष्ठको निधन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहका अनुसार श्रेष्ठको आइतबार अस्पताल लैजाने क्रममा निधन भएको हो ।

५४ वर्षीय श्रेष्ठलाई यसअघि पनि मुटुको समस्या देखिएको थियो । पछिल्लो समय न्युरोड टिम (एनआरटी) को प्रशिक्षक रहेका श्रेष्ठको नेतृत्वमा टोलीले बुढा सुब्बा गोल्डकप खेलेको थियो । प्रतियोगिताकै क्रममा उनको स्वास्थ्यमा समस्या देखिएको थियो ।

थ्रीस्टार, आरसिटी, एनआरटी, मनाङ मर्स्याङदीजस्ता चर्चित क्लबबाट घरेलु फुटबल खेलेका श्रेष्ठ राष्ट्रिय टोलीबाट समेत खेलेका थिए । श्रेष्ठले नेपालको उमेर समूहको प्रशिक्षक भएर समेत काम गरेका थिए ।