दिल्लीमा भूकम्पको बलियो धक्का, मानिसहरू आत्तिएर घरबाहिर निस्किए

दिल्लीमा भूकम्पको बलियो धक्का, मानिसहरू आत्तिएर घरबाहिर निस्किए


भारतको राजधानी दिल्लीमा भूकम्पको धक्का महसुस गरिएको छ ।

सोमबार बिहान भारतीय समयानुसार ५ बजेर ३६ मिनेटमा भूकम्पको बलियो धक्का महसुस गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 


आजतकको समाचारअनुसार भूकम्पले हल्लाएपछि मानिसहरू आत्तिएर घरबाट बाहिर निस्किएका थिए । 


भूकम्पको तीव्रता ४.३ रेक्टर स्केल मापन गरिएको थियो । 

भूकम्पको केन्द्रबिन्दु दिल्ली भएकोले वरपरका क्षेत्रमा ठूलो धक्का महसुस गरिएको हो । 

हालसम्म क्षतिको कुनै विवरण प्राप्त नभएको समाचारमा उल्लेख छ ।