स्ववियू निर्वाचनको सम्मुखमा आर.आर. क्याम्पसमा मध्यरातमा ताला 

स्ववियू निर्वाचनको सम्मुखमा आर.आर. क्याम्पसमा मध्यरातमा ताला 


५ चैत्र, काठमाडौँ । स्वतन्त्र विधार्थी यूनियनको अघिल्लो दिन मध्यरातमा आर.आर. क्याम्पसमा ताला लागेको छ ।

देशको मानविकी शास्त्रको सबैभन्दा ठुलो मानिने क्याम्पस आर.आर. क्याम्पसमा स्ववियू निर्वाचनको सम्मुखमा मध्यरातमा तालाबन्दी गरीएको छ । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रीय स्वतन्त्र विधार्थी युनियन ( अनेरास्ववियु) र नेकपा एकिकृत समाजवादी निकट अनेरास्ववियूले संयुक्त रुपमा क्याम्पसमा तालाबन्दी गरेका हुन् ।

दिन क्याम्पस प्रशासन र कर्मचारीको मिलेमतोमा फर्जी कार्ड बाडिएको भन्दै क्याम्पसमा तालाबन्दी गरीएको अनेरास्ववियु आर.आर. का कार्यबाहक अध्यक्ष अनिल बोहरा र अनेरास्ववियू आर.आर. का अध्यक्ष शुसिल खनालद्वारा हस्ताक्षर गरीएको संयुक्त विज्ञप्तीमा उल्लेख गरीएको छ । ‘ यहि मिती २०८१ चैत्र ५ गते हुने स्ववियू निर्वाचनको अघिल्लो दिन क्याम्पस प्रशासन र कर्मचारीको मिलेमतोमा फर्जी डिजीटल कार्ड बनेको र फरक फरक फर्जी डिजिटल कार्डहरु क्याम्पस प्रशासनबाटै जारी भएको प्रती हामी दुई संगठन ( अनेरास्ववियु र अनेरास्ववियू ) को गम्भिर ध्यानाकर्षण भएको छ । यस कार्यको घोर भर्त्सना गर्दै यो कार्यको निष्पक्ष छानबिन नहुने बेलासम्म स्ववियू निर्वाचन हुन नसक्ने आमा विधार्थी साथीहरुमा अनुरोध र अपिल गर्न चाहन्छौं । यस घटनाबाट उत्पन्न परिस्थितिको जवाफदेही क्याम्पस प्रशासन नै हुने व्यहोरा सहित संयुक्त रुपमा तालाबन्दी गरेका छौं । ‘ विज्ञप्ती मा भनिएको छ ।

यता उक्त तालाबन्दीलाई लिएर नेवि संघ र अखिल क्रान्तिकारीले अनेरास्ववियुले आफु हार्ने डरले मध्यरातमा बहाना खोजेर तालाबन्दी गरेको आरोप लगाईरहेका छन् ।

March 2025
M T W T F S S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

#americadollar #bank #nepalrastriyabank #cid #gold #silver #kathmandu #mahashivatraati #pashupatinath #kathmandu #mexico #canada #donaldtrump #ncell app # cyber # recharge #nepse #sharebazaar # company #ktm #tiktok #nepal #video सुन चोरी