धनुषामा दुईपक्षीय झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

धनुषामा दुईपक्षीय झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार


धनुषा, जनकपुर धनुषा जिल्लाको सबैला नगरपालिकामा “चोक” नामकरणलाई लिएर दुई पक्ष बीच विवाद उत्पन्न भएको छ। भठिहनमा एक पक्षले ‘यादव चोक’ नाम राख्न चाहेका थिए भने अर्कोतर्फका स्थानीयहरूले यसलाई अस्वीकार गरेका थिए, जसका कारण झडप भएको धनुषा प्रहरीले जानकारी दिएको छ।

दुवै पक्षबीचको भिडन्त नियन्त्रणमा लिने क्रममा प्रहरीद्वारा दुई राउन्ड अश्रुग्यास प्रहार गरिएको थियो। स्थानीय बासिन्दाहरूले ‘यादव चोक’को नाम राखिएको बोर्ड उखालेर प्रहरीको जिम्मा लगाएका थिए। त्यसपछि स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीद्वारा लाठीचार्ज समेत गरिएको छ।

धनुषा प्रहरी प्रवक्ता बरुणबहादुर सिंहका अनुसार, “एक पक्षले यादव चोक राख्नुपर्ने अडान लिएको छ भने अर्को पक्षले त्यसको विरोध गरेको छ। यसै विवादका कारण झडप भएको हो, र हामीले अश्रुग्यास प्रयोग गर्नुपरेको थियो।”

अन्ततः, अहिले स्थिति सामान्य रहेको प्रहरीद्वारा भनिएको छ। केलुवामोरका बासिन्दाले भठिहनमा ‘यादव चोक’को नामकरण भएको जानकारी दिएका छन्।