प्रमोद भट्टराई ‘प्रतीक’ को शव्दमा ‘केरा खाई बोक्रा फ्याक्यौं, झण्डै लडेको’ म्युजिक भिडियो सार्वजनिक

प्रमोद भट्टराई ‘प्रतीक’ को शव्दमा ‘केरा खाई बोक्रा फ्याक्यौं, झण्डै लडेको’ म्युजिक भिडियो सार्वजनिक


नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा प्रमोद भट्टराई ‘प्रतीक’ को शव्दमा ‘केरा खाई बोक्रा फ्याक्यौं, झण्डै लडेको’ म्युजिक भिडियो सार्वजनिक भएको छ। उक्त रमाईलो गीतमा बनेको भिडियोमा बरिष्ट कलाकार किरण केसी र दीपाश्री निरौलाले रोमान्स गरेका छन् । आज राजधानीको अनामनगरस्थित युनियन हाउसमा एक कार्यक्रमको आयोजना गरि उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । यस गीतको म्युजिक भिडियोको निर्देशन जीवन शाहीले गरेका हुन भने क्यामरा र एडिटमा टेकेन्द्र शाही छन् । श्याम महर्जनको संगीत, दिपक गिरीको छायाङ्कन रहेको यो भिडियो राजधानी काठमाडौं गोकर्णको सहिद पार्कमा छायाङ्कन गरिएको छ ।यो म्युजिक भिडियो मेला रेकर्डिङ स्टुडियोले निर्माण गरेको हो ।