घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?


नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।   

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।   

शुक्रबार चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार चाँदी प्रतितोला १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।