सुनचाँदीको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य प्रतितोला एक हजार चार सय र चाँदी प्रतितोला २५ रुपैयाँ बढेको हो ।
१ लाख ६८ हजार एक सयमा कारोबार भएको सुन मंगलबार बढेर प्रतितोला १ लाख ६९ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, चाँदी प्रतितोला १ हजार ९ सय ४० रुपैयाँमा किनबेच हुने महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔँस २ हजार ८ सय ९२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।