काठमाडौं – नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवारकै मूल्यमा आइतबार पनि छापावाल सुन कारोबार भएको हो। आइतबार यससँगै छापावाल सुनको मूल्य तोलामा सुन १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार चाँदीको मूल्य १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।