अष्ट्रेलियामा बढ्यो गर्मी, जनजीवन र अर्थतन्त्रमा असर

अष्ट्रेलियामा बढ्यो गर्मी, जनजीवन र अर्थतन्त्रमा असर


अष्ट्रेलियामा बढ्यो गर्मी, जनजीवन र अर्थतन्त्रमा असर

काठमाडौं । अष्ट्रेलियामा अत्याधिक गर्मी बढ्न थालेसँगै जनजीवनमा प्रत्यक्ष असर परेको छ । धेरै शहरी क्षेत्रहरू अत्यधिक गर्मीको खतराको सामना गरिरहेका छन् ।

जलवायु परिषद्वारा प्रकाशन गरिएको अष्ट्रेलियाको तापक्रम तथ्यांकअनुसार लगभग एक तिहाइ अष्ट्रेलियाली समुदायहरूले प्रत्येक वर्ष ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम अनुभव गर्ने दिनहरूको संख्या २०५० सम्ममा दोब्बर हुनसक्नेछ । मानिसहरूको स्वास्थ्य, जीविकोपार्जन र अर्थतन्त्रलाई हानि पु-याउने अत्यधिक गर्मी जलवायु प्रदुषणको सबैभन्दा प्रत्यक्ष परिणामहरू मध्ये एक हो ।

यो सबैभन्दा हानिकारक मध्ये एक पनि हो । १८९० पछि बाढी, आगलागी र अन्य सबै जलवायु-इन्धन प्रकोपहरू भन्दा बढी अष्ट्रेलियालीहरू गर्मीको लहरको परिणामस्वरूप मृत्यु वरण गरिरहेको बताइएको छ । शताब्दीको मध्यसम्ममा लगभग ४० लाख जनसंख्या भएको पश्चिमी सिड्नीका बासिन्दाहरूले ३५ डिग्री सेल्सियसभन्दा दोब्बर दिनहरू बढी तापक्रममा बिताउनेछन् ।