
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार ह्वाइट हाउसमा भएको तनावपूर्ण झडपपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग तत्काल प्रत्यक्ष वार्ता गर्ने सम्भावनालाई अस्वीकार गरेका छन् ।
युक्रेनले तत्काल युद्धविराम गर्नुपर्ने बताए । जेलेन्स्कीले युद्धविरामबारे वार्ता गर्न नै नचाहेको उनको भनाइ छ । युक्रेन युद्धविराम चाहन्छ भने तत्काल युद्धविराम हुनसक्ने बताए ।
दुई पक्षीय वार्तामा भएको विवादबारे ट्रम्पसँग आफू माफी नमाग्ने जेलेन्स्कीले बताइसकेका थिए । यस प्रकारको झगडा दुवै पक्षका लागि राम्रो नभएको उनको भनाइ छ ।