काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ४९.१५ अंकले बढेको छ । आज एक दशमलव ७७ प्रतिशतले बढेर २८१५.०४ बिन्दुमा बन्द भएको छ ।
कुल सात कारोबार दिनयता नेप्से क्रमश: बढ्दै आएको छ ।
कुल १८६ कम्पनीको सेयर मूल्य बढ्यो भने ५२ कम्पनीको मूल्य घट्यो । ६ कम्पनीको मूल्य स्थिर रह्यो ।
आज १ लाख १२ हजार ३२ पटकको किनबेचबाट ११ अर्ब ३९ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कूल २ करोड ६१ लाख ९९ हजार ७८० कित्ता सेयर किनबेच भए ।