
नेकपा एमालेले आर्थिक वर्ष (२०८०/८१) मा १४ करोड ७९ लाख ५ हजार ८०९ रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै पार्टीले सोही वर्ष ७ करोड ८५ लाख ३८ हजार ३ रुपैयाँ खर्च गरेको निर्वाचन आयोगलाई बुझाएको विवरणमा छ ।
आम्दानी र खर्चको हिसाबमा हाल सो पार्टीसँग ६ करोड ९३ लाख ६७ हजार ८०६ रुपैयाँ बचत रहेको छ । अघिल्लो वर्षभन्दा यो वर्ष एमालेको आम्दानी बढेको देखिएको छ । अघिल्लो वर्ष ८९ लाख ७२ हजार २६५ रुपैयाँ आम्दानी गरेकोमा यसपटक बढाएको हो । निर्वाचन आयोगमा राजनीतिक दलहरूले बुझाएको आर्थिक वर्ष २०८०/८१ को आम्दानी र खर्चको विवरणमध्ये अन्य दलहरूको तुलनामा एमाले सबैभन्दा धनी पार्टी देखिएको छ ।
एमालेले आफ्नो आम्दानीको स्रोत पार्टी सदस्यता शुल्कमार्फत २०८०/८१ मा ११ करोड ५४ लाख ३० हजार ४३७ रुपैयाँ सङ्कलन गरेको देखाएको छ ।