काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता (ईन्टरनेशनल वुमन्स च्याम्पियनसिप) मा म्यानमारले विजयी सुरुआत गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आजबाट भएको प्रतियोगीतामा म्यानमारले लेबनानलाई ३-१ ले हरायो ।
म्यानमारले खेलको ५७ मिनेटमा अग्रता लिएको थियो । कप्तान विन थेइङ्गगी तुनले एजबाट उत्कृष्ट गोल गर्दै अग्रता दिलाएकी थिईन् । मे हेट मोन माइन्टले दिएको पासलाई सदुपयोग गर्दै विनले गोल गरेकी थिईन् ।
लगत्तै खेलको ६०औं मिनेटमा लेबनानले बराबरी गोल फर्काएको थियो । लाएला इस्कानडरले गोल गरेकी हुन् । इस्कानडरले मैदानको मध्यभागबाट आएको पासलाई सदुपयोग गर्दै गोलकिपरसँग वान भर्सेस वानको अवस्थामा बिट गर्दै गोल गरेकी हुन् ।
म्यानमारले ७२औं मिनेटमा अग्रता दोब्बर बनायो म्यानमारले फेरि अग्रता लिएको छ । स्वेयी तुनलेयुपेर खिनेले दायाँ भागबाट दिएको क्रसमा हेड मार्फत गोल गरेकी हुन् । उनी हाफ टाइमपछि मैदान प्रवेश गरेकी थिइन् । ७५औं मिनेटमा पुन अर्को गोल गर्दै म्यानमारले खेल ३-१ ले आफ्नो पक्षमा पार्यो । सान थव थवले ७५औं मिनेटमा गोल गरेकी हुन् ।
निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ५ मिनेटसम्म कुनै थप गोल गर्न नसक्दा लेवनानले हार ब्यहारेको हो ।
नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग खेल्दैछ । खेल दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ । च्याम्पियनसिपमा नेपालसहित लेवनान, किर्गिस्तान र म्यानमारबीच प्रतिस्पर्धा हुँदैछ ।