भारतमा नेपाली विद्यार्थी मृत्यु प्रकरण : नेपाली विद्यार्थीहरूलाई कलेजबाट निकालियो

भारतमा नेपाली विद्यार्थी मृत्यु प्रकरण : नेपाली विद्यार्थीहरूलाई कलेजबाट निकालियो


न्यायको माग गर्दै प्रदर्शन गरेकाहरूलाई कलेजबाट निकालियो

भारतमा मृत भेटिएकी नेपाली विद्यार्थीको न्यायको माग गर्दै प्रदर्शन गरेकाहरूमाथि कलेज प्रशासनले दमन गरेको छ । भारतको (केआईआईटी)मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको संकास्पद मृत्यु भएको भन्दै प्रदर्शन गरिएको थियो । उक्त प्रदर्शनपछि कलेज प्रशासनले नेपाली विद्यार्थीहरूलाई कलेजबाट निकालेको हो ।

घटनाबारे छानबिन गर्न माग गर्दै त्यहाँका अरु नेपाली विद्यार्थीहरूले प्रदर्शन गरेका थिए । प्रशासनले त्यसलाई दबाउन उनीहरूलाई कलेजबाट नै निकालेको हो । मृत भेटिएकी लम्साल बी–टेक तेस्रो वर्षमा अध्ययनरत थिइन् । कलेजले उनले आत्महत्या गरेको भन्दै विज्ञप्ति जारी गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । लम्सालको शवलाई पोस्टमार्टमका लागि क्यापिटल अस्पताल पठाइएको छ । उनको मृत्यु शङ्कास्पद रहेको भन्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् ।